Rashtriya Dainik

केदारस्यु १ सिम डुडिल कनाडा शाखा सडककाे उद्घघाटन

उत्तमकुमार थापा
केदारस्यु गाउँपालीकाकाे वडा नम्बर एकमा रहेको डुडिल कनाडा शाखा सडकको उद्घघाटन गरिएको छ ।

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीका वडा नम्बर एकमा रहेकाे कनाडा शाखा सडकको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको हाे । केदारस्यु गाउँपालीकाे एक नम्बर वडामा रहेकाे दुर्गम गाउँ बस्तिमा जाेड्ने सडकको वडा अध्यक्ष लाेकेश भण्डारी द्वारा उद्घघाटन गरिएको हाे ।

गाउँपालीकाकाे आर्थिक सहयाेग करिव ८५ लाखमा निर्माण सडकलाई अध्यक्ष भण्डारीले रिवन काटेर उद्घाटन गर्दै सरर गाडी गुडाउन सफल हुनु भएको थियाे । उद्घघाटन क्रममा प्रमुख अतिथि लाेकेश भण्डारीले भने, अहिले स्थानीय तहको बजेटले सडक सञ्चालन गरिएको छ । यहाँ गाडी पुगेको भन्दै खुस ब्याक्त गर्नु भएको थियाे भने आफुले सके सकेसम्म सहयाेग गर्ने जनताको जनअावाज बनिरहने स्थानीयले बताए ।
आज उद्घघाटन गरिएकाे कार्यक्रममा पदम प्रशाद भट्टकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तथा युवा नेता लाेकेश भण्डारी वडा सदस्य लाल केदारस्यू गाउँपालीका शिक्षक महासँघ अध्यक्ष बिक्रम भण्डार सदस्य लालबहादुर भण्डारी लगाएतकाे उल्लेख्य उपस्थिति रहेको थियाे । सडक गाउँघरमा पुगेपछि स्थानीयमा खुसि छाएको छ । सडक पुग्दा करिव २०० घरधुरी लाभान्वित भएको स्थानीय स्राेतले बताएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित