Rashtriya Dainik

मदार बाबा दर्शन गर्न गएका एक भारतीय नागरिकको मृत्यु

✍️ संजय कुशवाहा / नवलपरासी १२ फागुन

नवलपरासीमा मदारबाबा मेला भर्न आएका एक भारतीय पुरूषको मृत्यु भएको ।

नवलपरासी पुर्व विनई त्रिवेणी गाउँपालिका वडा न.६ परसैया स्थितबाट नै किलोमिटर दुर्गम पहाडीमा रहेकाे मदारबाबा मजारमा दर्शन गर्न जादै गरेको अवस्थामा भारतकाे कुशीनगर जिल्ला स्थित कप्तानगञ्ज घर भएका अन्दाजी ४५ वर्षका विनाेद सहानी नाम गरेका व्यक्तिकाे पहाड चढ्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे अनुसन्धान भइरहेकाे तथा उनका आफन्तलाइ बाेलाउने खबर गरिएकाे पुर्वि नवलपरासीका प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए ।

प्रहरी निरीक्षक सिंहले दिएकाे जानकारी अनुसार विहिवार विहान साढे १० बजे प्राप्त भएकाे खबर अनुसार प्रहरी घटना स्थल पुगेर शव मुचुल्का तयार गरि पाेष्टमार्टमका लागि पश्चिम नवलपरासी पठाएकाे छ ।

उनले अगाडि भने, मृत्यु हुनुकाे कारण खुल्न सकेकेा छैन । उनका घरका परिवारलाइ बाेलाइएकाे छ । उहाँहरू समेत आइसकेपछि हुने अनुसन्धानबाट मृत्युकाे कारण खुल्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित