कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ का युवा व्यवसायी , समाजसेवी तथा युवा नेता बृजेश गुप्ताको वडा अध्यक्ष पदका लागि चर्चा चलेको छ ।
कृष्णनगर नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. २ अन्य वडा अध्यक्षको भन्दा वडा नं. २ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ । गुप्ता बिगत एक दशक देखी समाजसेवामा सक्रिय छन ।
अझ रोचक त २ नं. वड़ाबाट दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन् । छेत्रको एक मात्रै ठुलो बजार कृष्णनगर हो । अनि वडामा नै नगरपालिकाको कार्यालय रहनुले पनि यस वडाको अध्यक्ष पदमा धेरैको नजर टिकेको छ ।
दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले कृष्णनगर नगरपालिकाको केन्द्र वडा नंं २ को अध्यक्ष पदमा बृजेश गुप्ताको नाम चर्चामा रहेको छ । युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो । र नेता गुप्ता चुनावको लागि तैयारी समेत थालेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

