Rashtriya Dainik

एमसीसी बिरुद्ध नवलपरासीको जिमिरेभारमा मसाल जुलुस

नवलपरासी :पश्चिम नवलपरासीको बर्दघाट–७ जिमिरेभारमा नेकपा(क्रान्तिकारी माओवादी) सहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार एमसीसी बिरुद्ध मसाल जुलुस निकालिएको छ । एमसीसी मुर्दावाद देश बेच्न पाइदैन एमसीसी चाहिदैन जस्ता नारासहित बर्दघाट–१ माकरचोकबाट निकालिएको मसाल जुल्स जिमिरेभार चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
सभामा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारी राष्ट्रिय जनमोर्चाका शोभाकान्त लामिछाने र विप्लव नेकपाको तर्फबाट बिघटनले बोल्नुभएको थियो । मोर्चामा क्रान्तिकारी माओवादी विप्लव नेकपा , नेकपा मसाल , राजमो र देजमो लगायत रहेका छन् ।त्यस्तै १२ गते जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित