Rashtriya Dainik

प्रहरी र पत्रकारको नाममा चन्दा आतंक मचाउने बारा प्रहरीद्वारा पक्राउ

बारा, ११ फागुन ÷ बाराको सीमा नाकाहरुमा चन्दा आतंंक मचाउने एक जना ठग पत्रकारलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । प्रहरी र पत्रकारको नाम बेच्दै सर्वसधारणलाई दुख दिदै आएको आरोपमा एक जना पर्सेली पत्रकारलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी र पत्रकारको नाममा चन्दा आतंक सुरु भएको बिषयमा उजुर पर्नसाथ बारा प्रहरीले निगरानी गर्दै आएको बारा प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार सीमा नाका स्थित रहेका सर्वसधारणहरु भारतबाट खदान्य समाग्री खरिद गरी आउदै गरेको अवस्थामा आफु प्रहरी हो भन्दै २० हजार रकम मांग गरेको उजुर परे पश्चात पक्राउ गरिएको बारा प्रहरीले जनाएको हो ।
कहिले प्रहरी त कहिले पत्रकार बनि सर्वसधारणलाई ठग्दै आएको पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर १ बस्ने धर्मेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिगत केही हप्तादेखी बाराको सीमा नाकामा प्रहरीको नाम बेच्दै केही समुह सक्रिय भए पश्चात बारा प्रहरी खोजिमा जुटेको थियो । तर सबै स—प्रमाण फेला परेपछि वीरगंजको प्रतिमा चौक नजिकैबाट धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जानकारी दिनुभयो ।
बारा प्रहरीले पक्राउ गरेको धर्मेन्द्र यादव विभिन्न पत्रिका तथा नेपाल फेस नामक अनलाइनमा कार्यरत रहेका छन । उनि माथि ठगि मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित