Rashtriya Dainik

मन्त्री झाँक्रीद्वारा सुस्ताकाे सडक सन्जाल समुदघाटन

राष्ट्रिय दैनिक , नवलपरासी , ११ फागुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ सुस्तामा निर्माण सम्पन्न गरिएको सडक सञ्जालको समुद्घघाटन गरेको छ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेकाे अध्यक्षता तथा संघीय सरकारकी सहरी विकास मन्त्री राम कुमारी झाँक्रीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममम बाेल्दै मन्त्री झाक्रीले सुस्ताका नागरिकलाई नेपाली भएको अनुभुती गराउनुपर्ने बताउनुभएको छ ।

सुस्ता गाउँपालिका वडानम्बर पाँच सुस्तामा सघन सहरीबिकास कार्यालयले निर्माण गरेको सडकको मंगलवार  उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सुस्ताबासीलाई सीमा रक्षकको रुपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।  सुस्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वले सबैभन्दा धेरै नागरिकताको कुरा उठाए पनि सुस्ता बासी नागरिक नै नागरिकता विहिन हुनु दुखद भएको उहाँको भनाई रहेको थियो । नेपालमा नागरिकता र लालपूर्जा को विषय सजिलै समाधान हुने विषय नभएकोले  त्यसका लागि विशेष व्यवस्था गरेर भए पनि सुस्ताबासीका समस्या समाधान गर्न पहल हुनुपर्नेमा उहाँको जोड रहेको थियो । विगतको तुलनामा हाल सुस्तामा धेरै विकास भएको र अवको दुई वर्षमा अझै बढी विकसित हुने र सुस्ताबाट पलायन भएका हरु फेरी फर्किने अवस्था आउने झाँक्रीले बताउनुभयो । 

सुस्तामा सीमा सुरक्षाको लागि रहेको सशस्त्र प्रहरीको शुरक्षा पोस्टको लागि आवश्यक भवन निर्माण गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य देवेन्द्र राज कँडेलले सीमा समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागी दुवै देशबाट पहल हुनुपर्ने बताउनुभएको  थियो । कंडेलले जतिसक्यो छिटो सीमाको समस्या सुल्झाएर सीमांकन गरी नागरिकहरूले भोगचलन गरेको जग्गाको नाप नक्सा गरी स्वामित्व दिनुपर्ने धारणा राख्नुभएको थियो । 

त्यस्तै संविधानसभा सदस्य देवकरण कलवार सन्तुले सुस्ता बासीको नागरिकताको समस्या समाधानका लागि विशेष क्षेत्र घोषणा गरेर एक हप्ता टोली नै खटाएर नागरिकता प्रदान गर्न माग गर्नु भयो ।  

त्यस्तै सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले सुष्टाबासीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित