Rashtriya Dainik

लैंगिक हिसा , बाल संरक्षण तथा मनाेसामाजिक समस्याबारे सराेकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ११ फाल्गुन

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा लैंगिक हिसा , बाल संरक्षण तथा मनाेसामाजिक समस्याबारे सराेकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एबिसि नेपालको अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे सहयोगमा सरावल गाउँपालिका अन्तर्गत सन्चालित परियोजनाकाे उपलब्धि , क्रियाकलापबारे छलफल गर्नुका साथै नयाँ परियोजना ” पाइलट ” काे सन्दर्भमा पनि छलफल भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किशोर किशोरी सम्बाद धेरै लामो समयदेखि चलिरहेको परियोजना रहेको र निकै प्रभावकारी कार्यक्रम रहेको बताउनु भएको हाे । कार्यक्रमबाट गरिबी निवारणका कार्यक्रम ,कृषि ,पशु र ब्यवसायकाे लागि विभिन्न सहयोग भएकोले अति विपन्न वर्गमा जिविकाे पार्जन गर्न सजिलो भएको बताउनुभयो । कार्यक्रमले लैंगिक समानता , लागू पदार्थ दुर्ब्यसनि राेक्नुका साथै किशोर किशोरीकाे अानिबानिमा विशेष परिवर्तन ल्याएकाे प्रशंसा गर्दै अब अाउने पाइलट परियोजनाकाे प्रतिक्षामा रहेको बताउदै पालिकाबाट हुने सहयोग साथ र सहकार्यकाे लागि प्रतिबद्ध ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रमकाे सहजिकरण एबिसि नेपालको क्षेत्रीय प्रमुख मनाेज लामिछाने र कृति थापाले गर्नुभएको थियोे ।

कार्यक्रममा पालिका जनप्रतिनिधि , शाखा प्रमुख तथा पत्रकार लगाएतकाे सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित