Rashtriya Dainik

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्था बारे अन्तरक्रीया

चौमाला/११ फागुन
कैलालीको गौरिगंगा नगरपालिकामा टिपिओ नेपालको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाइ स्थानिय स्तरमा समाहित गर्ने बिसयमा एक दिवसिय अन्तर्क्रीया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

टिपिओ बिष्ट नेपाल नेपालको कार्यक्षेत्र रहेको गौरिगंगा नगरपालिकामा मनोसामाजिक अवस्था ,कार्य अनुभव र सम्भावित कार्ययोजना ,नेपालमा मानसिक स्वास्थ्य सेवाको अवस्था लगायतका बिसयमा छलफल गरिएको टिपिओ नेपालका मनोपरामर्सदाता दिनेस भट्टराईले जानकारी दिनुभयो ।

टिपिओ नेपालका पिताम्बर कोइराला र टिपिओ नेपालका कार्यकारी निर्देशक डा.कमल गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा गौरिगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवा ,प्रमुख प्रसासकिय अधिकृत हरिदत्त भट्ट ,बिभिन्न वडाका वडा अध्यक्ष तथा पालिकाको विभिन्न शाखाका प्रमुख र सरोकारवालाको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित