Rashtriya Dainik

मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक कृष्णनगरमा सम्पन्न

कपिलवस्तु, फागुन १०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छ ।
उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ । उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, बलराम पन्थी, इश्वरी प्रसाद पौडेल, राजेश मिश्र, महिला तथा बालबालिक शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री, माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्रीवास्तव लगायत
प्रहरी, कर्मचारी, जन प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित