Rashtriya Dainik

सरावलमा नेकपा एमाले सरावल गाउँपालिका सम्पर्क कार्यालय उदघाट्न

राष्ट्रिय दैनिक / नवलपरासी , १० फाल्गुन

पश्चिम नवलपरासीको सरावलमा नेकपा एमाले सरावल गाउँपालिका सम्पर्क कार्यालय उदघाट्न गरिएको छ ।

नेकपा एमाले सरावल गाउँ कमिटी अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा पुर्व मन्त्री तथा नेकपा एमाले पाेलिट ब्युराे सदस्य बैजनाथ चाैधरीकाे प्रमुख अतिथामा कार्यालय उदघाट्न गरिएको हाे ।

कार्यालय उदघाट्न गर्दै प्रमुख अतिथि चाैधरीले पार्टी कार्यलय उदघाटन भएको भन्दै खुसि ब्यक्त गर्नुभएको हाे।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं नवलपरासी सह इन्चार्ज बिमला अर्याल ,नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी ,नेकपा एमाले जिल्ला सचिव एवं बर्दघाट नगरपालिका मेयर धिरज बस्याल ,उपसचिव रिंगला यादव, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रामचन्द्र भन्डारी , नेकपा एमाले सचिवालय सदस्य एवं सरावल पालिका इन्चार्ज जगदिश चाैधरी,नेकपा एमाले प्रदेश कमिटी सदस्य बिरेन्द्र यादव ,नेकपा एमाले प्रदेश कमिटी सदस्य राजु हरिजन ,पार्टी सदस्य सुखाडी प्रसाद चाैधरी , कैलाश यादव , दिनेश सहानि , कृष्ण जीवन तिवारी ,बासमति हरिजन, गाेपाल अाले लगाएतले पार्टी कार्यकर्ताहरु सक्रिय रुपमा लाग्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९५ जना एमालेमा प्रवेश गरेको कार्यालय सचिव इसके प्रजापतिले जानकारी दिनुभएको थियो ।

नेकपा एमाले सरावल गाउँपालिका उपाध्यक्ष देबेन्द्र भट्टराईले स्वागत मन्तब्य राखेको कार्यक्रमकाे सन्चालन अनेरास्ववियु केन्द्रीय सदस्य तथा नवलपरासी ईन्चार्ज सुसान्त शर्मा घिमिरेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित