Rashtriya Dainik

अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीले गर्यो उदाहरणीय कार्य – तस्बिर सहित

कपिलवस्तु १० फागुन
सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाउनु पर्ने आवश्यक देखिन्छ। सोहि अनुरुप मंगलवार अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीको आयोजनामा सिद्वार्थ क्याम्पसको चोकमा जेब्रा क्रसिङ बनाइएको हो ।
धैरै भिडभाडका कारण सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको सिद्वार्थ क्याम्पस चौकमा जेब्रा क्रसिङ बनाएको अनेरास्ववियु कपिलवस्तुका संंयोजक दयाराम पौडेलले बताउनुभयो।
अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरीले विद्यालय, बजार क्षेत्र र धेरै भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउदै सडक डिभिजन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको बताए। जेब्रा क्रसिङ निर्माण भएपछि दुर्घटना न्युनिकरणमा सघाउ पुग्ने विश्वास रहेको उनले बताए। चौकमा जेब्रा क्रसिङ निर्माण गर्दै उनले भने , ‘पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्युनिकरण गर्न जेब्रा क्रसिङले ठुलो मद्दत पु¥याउने विश्वास लिएको बताए ।
गिरीले जिल्लामा रहेको स्थानीय तहहरुको मुख्य बजारमा रहेको चोकचोकमा र राजमार्गमा पर्ने विभिन्न चोकमा जेब्रा क्रसिङ निर्माण गर्न सडक डिभिजन कार्यालयलाई ध्यानदिन जरुरी रहेको स्पष्ट पारे ।
त्यसैगरी स्ववियु सचिव तथा अनेरास्ववियु सचिवलय सदस्य दिनेश चौधरीले जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउनु पर्ने बताए । ट्राफिक प्रहरीलाई योजना ल्याउनु पर्ने उनले जनाए ।उक्त कार्यक्रममा निजामती कर्मचारी कपिलवस्तुका अध्यक्ष प्रकाश गौतम,अनेरास्ववियु युवा नेता सौरभ भण्डारी , सागर बन्जाडे , अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी उपाध्यक्ष केशव खनाल,अनेरास्ववियुका युवा नेता सन्दिप आचार्य ,विकास भुषाल,युवा तथा सामाजिक अभियान्ता असिम भट्टराई ,मधुसूदन भुषाल, अस्थाई ट्राफिक पोष्ट पिपराका प्रमुख नारद कार्की लगायतले विद्यार्थीले उदाहरणीय कार्य गरेको बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित