महेश सिंह सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जिवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछी पीडित परिवारहरुले खुसी व्यक्त गरेका छन्।
प्रबन्धक महतोले पीडितहरुलाई खोजी सहज रूपमा भुक्तानी दिन लाग्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराउन ब्यक्तीहरुले लाईन लाग्ने गरेका छन्। सिरहाको कर्जन्हा नगरपालिका वाडा नम्बर ३ बन्दीपुर बस्ने सत्यनारायण साह सोनारका २१ वर्षिय पपु साह लाई नेपालबाट वैदेशिक रोजगारमा कतार पुगेका सोनारलाई काम गर्दै गर्दा अचानक २०७८ मंसिर २२ गतेका दिन कतारमा हर्ट ऐटयाक भएर मृत्यु भएका छन्।
२१ वर्षिय पपु साह सोनारले प्रहिलो पल्ट खाडि मुलुक कतार पुगेका थिए।उनी घरको एक्लो छोरा थिए। उनलाई कतारमा मृत्यु भएको खबर सुन्दा परिवारजनमा निकै ब्रजपात खसेको छ्। ऊनी बिदेश बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार म्यादी जिवन बिमा गराएका थिए। बिमा पोलिसी नम्बर FE1000169942 भएको हो।
मृत्युक घरको अवस्था आर्थिक रुपले निकै कम्जोर रहेको रहेको छ्। मृत्युकको बुवा आमा हाट बजार गरेर जिबिको पार्जन गर्ने गरेका छन्। छोरा गुमाएका आमा बुवालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहवरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

