Rashtriya Dainik

एउटै ठाउँमा हिन्दुु र मुस्लिमले पुजा गर्ने संयुक्त स्थल मदार बाबा मेला सुरु

संजय कुशवाहा / नवलपरासी ९ फागुन

नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) विनई त्रिवेणी गाऊँपालिका वडा नं .६ परसैया अवस्थीत
मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यसै कारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ ।
यो मेला बदिउदिन जिन्दा शाह बाबाको मेला हो ।
मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा कर्मी , स्वयंसेवक परिचालन गरिएको छ भने ठाउँमा निशुल्क स्वास्थ शिविर , सार्वजनिक शौचालय ,खाने पानी लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले बताउनु भयो।
महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै कठिनाइ चढेर पुग्ने गर्दछन ।
मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ।

बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ।
मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने मेला समिति दावी गरेको छ।
सो मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा सामापन हुने गरेको छ । यश वर्ष फागुन ९ गते देखि संचालन भएको मेला फागुन १७ गते सकिदै छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित