उत्तमकुमार थापा
राष्ट्रिय युवा सँघ नेपालकाे केदारस्यू गाउँपालीकाकाे प्रथम अधिवेशनकाे उद्घघाटन भएको छ ।
बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीका वडा नम्बर एक नजिकै रहेको स्थानमा आज एक कार्यक्रमका विच युवा सँघकाे प्रथम अधिवेशनकाे उद्घाटन गरिएको हाे ।
आज उद्घघाटन गरिएको कार्यक्रममा नेकपा एमाले केदारस्यू गाउँपालीका गाउँकमिटी अध्यक्ष लाेकेश भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज ऐन महर बिशिस्ट अतिथि एमाले प्रदेश कमिटी सदस्य दिल बहादुर भण्डारी जिल्ला अध्यक्ष दमन भण्डारी गाेरख भण्डारी पदम धामी प्रेम मल्ल दुर्गाथली प्रवक्ता महेश जाेशी लगाएत नेता कार्यक्रताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सँगकाे प्रथम अधिवेशनमा बाेल्दै युवा नेता महरले भन्नू भयाे, अहिले नेपालमा एमाले अगाडि बढ्दै गएको भन्दै सबै सुर्य चिन्नहमा भाेट हाल्न अनुराेध गर्नु भएको छ । उहाले भने हामी सँग भएका कसिङ्गरहरु हराउदै गएकाे बताउदै नेकपा एमाले शशक्त अगाडि बढेको महरकाे भनाइ छ । प्रथम अधिवेशनले नया नेतृत्व चयन हुने भन्दै कार्यक्रम सञ्चालन माेतिराम खत्रीले गर्नु भएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

