Rashtriya Dainik

नेकपा एकीकृत समाजवादीमा ठुलो झट्का , एमालेमै फर्किए

राष्ट्रिय दैनिक /नवलपरासी , ८ फागुन ।

पश्चिम नवलपरासीमा नेकपा एकीकृत समाजवादी नेता कार्यकर्ताहरु अधिकांश एमालेमा फर्किएका छन् ।

रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाई नेकपा ‘एस’ पार्टीको प्रदेश, जिल्ला तथा गाउँ नगर कमिटी तथा भातृसंगठनमा क्रियाशील नेता तथा कार्यकर्ताहरूले अाइतबार एक विज्ञप्ति जारी गर्दै सामूहिक रूपमा आफूहरू पुरानै पार्टी नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिलाई मूल्याङ्कन गर्दा एमालेको नेतृत्व बिना समृद्धि सम्भव नभएकोले पुरानै पार्टीमा क्रियाशील हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेमा फर्किनेमा नेकपा ‘एस’ लुम्बिनी प्रदेश कमिटी सदस्य खगेश्वर पन्थी, प्रदेश सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य, सरिता पौडेल, प्रदेश सदस्य जगरानी यादव, नवलपरासीका वरिष्ठ उपाध्यक्ष कृपाललाल यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य एवम जिल्ला संयोजक भगवतीप्रसाद यादव,पार्टीका जिल्ला सदस्य निर्मला चौधरी, रामग्राम नगर अध्यक्ष रामप्रसाद पौडेल, नगर सचिव पार्वती विक, सहसचिव सुरज पौडेल लगायत रहनुभएको छ ।

यसैगरी अनेमसंघका जिल्ला कमिटी सदस्यहरू रिता पौडेल, डलिया चौधरी, सिमित्रि लोनिया, कौशिल्या सहानी, कविता चौधरी, हिमा भण्डारी, रुपा रान, पार्टीको नगर कमिटी सदस्य सरोज चौधरी, दुर्गा हरिजन, तारा चौधरी, उषा चौधरी, अनेमसंघका जिल्ला सदस्य तारा यादव, ईसरावती यादव, बरफी हरिजन, आशा हरिजन, कमला सन्यासी, आशा राना, कविता यादव, नगर सदस्य कन्चन पाण्डे, पार्वती केवट, सुर्यभान हरिजन, मुमिला निशा, कविता भर लगायत रहनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित