Rashtriya Dainik

एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी घेराउ

नवलपरासी – पश्चिम नवलपरासी सहित देशैभरका जिल्ला प्रशासन कार्यालयमा एमसीसी खारेजीको माग गर्दै घेराउ गरिएको छ ।
सोही क्रममा जिल्लाको सदरमुकाम परासीमा एमसीसीको खारेजीको माग गर्दै जुलुस घेराउ तथा कोणसभा गरिएको छ ।
जिल्लामा क्रियाशिल ३ कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको जुलुस बुद्धचोक हुदै महेशपुरचोकबाट प्रशासन गेटमा पुगेर घेराउ गरिएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी छविलाल खरालले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो ।
उ। कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता प्रेम रिमालले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर देश जोगाउन अगाडि बढनुपन भन्दै सेना प्रहरी तथा कर्मचारी प्रति आन्दोलनकारीको कुनै बैरभाव नभएको बताउनुभयो ।
विप्लव नेकपामा बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीले अमेरिकी साम्राज्यावादलाई लखेट्न जस्तो सुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग रहेकोले खारेज गर्नुपर्ने बताउनुभयो । संसदले टेबल गर्न नहुने एमसीसीलाई टेबल गरेर राष्ट्रघात शुरु भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटाले युरोनियम जस्तो बहुमुल्य बस्तु र यहाँ पाइने खनिजलाई गिद्धेनजर राखेर एमसीसी ल्याइएको बताउनुभयो ।
कार्यक्रम नेकपा नेतृ दुर्गा बस्याल पाण्डेको संचालनमा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित