काठमाडौँः नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ पुनः बढाएको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। साविकको भाउमा पेट्रोलमा ५.६१, डिजेलमा ५.६२ रुपैयाँ मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १४५ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम हुनेछ।
समायोजित मूल्य अनुसार पनि निगमको पाक्षिक घाटा अझै दुई अर्ब १५ करोड रहेको निगमले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

