Rashtriya Dainik

७२औ प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेबीहरुद्वारा एकल महिलालाई साडि सहयोग

महेश सिंह सिरहा लहान ७ फाल्गुन – ७२औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वाडा १को मुसहर बस्तीमा २५ घर घुरीलाई राहत स्वरुप साडि सहयोग गरेका हुन्।श्रीमान हुमाएका महिलाहरुलाई पहिचान गरि साडि बाडेका छन।

वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र सहयोगी तथा समाजिक चिन्तन बोकेका सैलेश कुमार यादवले श्रीमान गुमाएका एक महिलाहरुलाई साडी सहयोग गरेर ७२ औं प्रजातन्त्र दिवस मनाएका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगै सहयोगी युवा सैलेश यादवले समाजसेवामा होमिएका छन्।

चौधरी र यादवको दिनचर्या सामजसेवामा नै बितने गरेको देखिन्छ। समाजको सेवा नै भगवानको पुजा हो भन्दै सामजसेवी दोई ओहोरात समाजसेवामा लागेका हुन्।समाजको भलो नै असल मानवको दाईत्वको हो।उनीहरु समाजसेवा गर्दा गर्दै निकै चर्चा बटुलेका हुन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आएका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित