Rashtriya Dainik

मनोनयनको औपचारिकता प्रदान गर्ने जिम्मा महासचिव मिश्रलाई

कपिलवस्तु, फागुन ७

जनता प्रगतिशील पार्टीको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी को अध्यक्षतामा पार्टी कार्यालय काठमाडौंमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छl बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत केन्द्रीय सदस्यहरूको सहभागितामा बैठक सम्पन्न भएको छl जस्मा बैठक को निर्णयहरू यस प्रकार रहेका छन् l

१.जनता प्रगतिशील पार्टी नेपालको तर्फबाट स्थानीय चुनावमा सहभागी हुन निर्वाचन आयोगमा निवेदन दिन पार्टीका बरिष्ठ उपाध्यक्ष डा. शिवाजी यादव लाई अख्तियारी दिएको l
२, उम्मेदवार मनोनयनको औपचारिक प्रदान गर्न पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र लाई अधिकार प्रदान गरिएकोl

३ दल दर्ता गर्ने कार्यमा निर्वाचन आयोगबाट प्राप्त सहयोगका लागि हार्दिक ज्ञापन गर्ने, स्थानीय तहको पदाधिकारी को नाममा रहेको वेरुजु , पेश्की लाई निर्वाचनमा भाग लिन पर्छयौट भएको स्वा घोषणा गर्ने लाई आधार बनाउने निर्णय गरिएको प्रति पार्टीले स्वागत गर्ने l
४.स्थानीय तहको निर्वाचनमा गैर दलिय आधारमा हुनुपर्ने सैद्धांतिक बिषयलाई अघि बढाउने जस्ले योग्य व्यक्ति आउने सम्भावना प्रबल हुने आजको बैठकले निर्णय गरेको l

जानकारी जनता प्रगतिशील पार्टी नेपलका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले जानकारी दिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित