नवलपुर / ७ फाल्गुन ।
अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं. १७ को संयुक्त आयोजनामा आज सम्पन्न भएको वडास्तरीय बालक्लवका पदाधिकारीहरुलाई तालिम कार्यक्रममा बोल्ने जनप्रतिनिधी र अन्य सरोकारवालाहरुले सो बताएका हुन ।
कावासोती नगरपालिका वडा नं. १७ का वडाअध्यक्ष छविलाल महत्तोले बालबालिकाहरुको अधिकार संरक्षण र सम्बद्र्धनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरीराखेको र त्यसको प्रबद्र्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिराखेको बताउनुभयो ।
उहाँले बालबालिकाहरुले पनि आफ्ना हक अधिकार प्राप्ती सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमहरुबाट सिकेका विषयहरु सही रुपमा कार्यान्वयनको लागि अनुरोध गर्नुभयो ।
वडा सदस्य गिता वि.क.ले बालबालिकाहरुले आफ्नो हक अधिकार प्राप्तीको लागि समुहमा बसेर कामहरु गर्नुपर्ने र सोही अनुसार नै योजनाहरु निर्माण गरेर अगाडी बढ्नको लागि र आफ्नो तर्फबाट सदैव सहयोग हुनेमा जोड दिनुभयो ।
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरु र अन्य बालबालिकाहरुको क्षमता अभिबृद्धीको लागि तालिमहरु सञ्चालन गरिराखेको आयोजक संस्थाका राधादेवी बोटेले बताउनुभयो ।
तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता आशा वि.क.ले बताउनुभयो ।
तालिममा सहभागी मध्ये सरस्वती पराजुलीले यसरी बेला बेलामा तालिमहरु सञ्चालन गर्ने हो भने बालबालिकाहरुले नयाँ विषय सँगै बालमैत्री अभियान र किशोरी मैत्री बाताबरणको लागि सहयोग पुग्ने हुनाले नियमित रुपमा सञ्चालनको लागि अनुरोध गर्नुभयो ।
तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारीहरु र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

