Rashtriya Dainik

नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा किसानहरुलाई मकै ब्यु बितरण

राष्ट्रिय दैनिक / नवलपरासी , ७ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा ७६ जना किसानहरुलाई रामपुर कम्पोजिट उन्नत जातको मकै ब्यु बितरण गरेको छ।

पालिका भित्रको माटो मकैको उब्जनी सुहाउदो खालको रहेकाले उन्नत ब्यु बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेले जानकारी दिनुभएको हो।

उक्त पालिकाको कृषि शाखाले कृषि फर्म र कृषि समूह दर्ता रहेका कृषिकहरुलाई ६० र ४० प्रतिशतको लागत सहभागितामा ९०० क्विन्टल उन्नत मकैको ब्यु ३० देखि ३३ किलो दरले प्रती किसानहरुलाई बितरण गरिएको कृषि शाखाका अधिकृत अर्चना आचार्यले बताउनु भयो।

सो कार्यक्रममा पालिकाका अध्यक्ष राम प्रसाद पान्डेयले किसानहरुलाई लक्षित गरेर अत्यधिक मात्रा फसल प्राप्त गर्न सकुन र राम्रो आर्थिक उपार्जनमा सहयोग पुग्ने बिस्वासका साथ उन्नत जातका ब्यु बितरण गरिएको बताउनु भयो।

ब्यु बितरण कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत बुद्ध प्रासद पौडेल कृषि शाखाका अधिकृत अर्चना आचार्य,प्राबिधिक निता खवास,प्राबिधिक किरण कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित