राष्ट्रिय दैनिक / नवलपरासी , ७ फाल्गुन
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ परसियामा श्री श्री १०८ माहायज्ञ उदघाटन भएको छ।
गौरीशंकर गुप्ताकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख अातिथ्यतामा माहायज्ञ उदघाटन भएको हाे।
महायज्ञलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जैसवालले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। वर्तमानका युवा पिँढीहरुकालागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार, आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि महायज्ञ हुन जरुरी रहेको जैसवालले जाेड दिनुभएको थियाे।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पाबित्री काेहारले सामाजिक सद्भावकाे लागि महायज्ञ जरुरी छ भन्ने कुरामा जाेड दिनुभएको थियो । महायज्ञबाट सामाजिक सद्भाव, भातृ प्रेम, पिताको पैतृक आज्ञा, जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको जाेड दिनुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

