Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि कुन पार्टीबाट कसकाे चर्चा…?

राष्ट्रिय दैनिक / नवलपरासी , ७ फाल्गुन

सरकारले स्थानीय तह निर्वाचनका २०७९ वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले तिव्रता पाएकाे छ ।

यस्तै नवलपरासीको विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।

यसैबीच पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् ।

आगामि स्थानिय तहको निर्वाचनमा नेकपा माअाेवादी केन्द्रबाट पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष बैजु प्रसाद गुप्ता पुनः दोहरीने पार्टी निकट स्रोतले जानकारी दिइएको छ।

त्यस्तै नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष पदकाे सम्भावित उम्मेदवार राजेन्द्र सहानि , गजानन्द पटेल , ब्रम्हानन्द लाेहार , गिरिस पाण्डेय ,तबरेज अालम र उपाध्यक्षमा वर्तमान उपाध्यक्ष पावित्री काेहार आकांक्षी रहेको नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँपालिका सभापति हरिहर चाैहानले जानकारी दिनुभएको छ।

राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि निश्चीत मापदण्ड तयगरी नसकेको अवस्थामा अहिले जो कोहीले पनि आफ्नो आकांक्षा राख्नु स्वभाविक रहेको छ हाल माथिका नाम हाम्रो अगाडि अाइरहेकाे छ अन्य पनि आकांक्षी बढ्न सक्नुहुन्छ काङ्ग्रेस सभापति चाैहानकाे भनाई रहेको छ ।

त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा एमालेबाट रवि खत्री ,सशिअान्नद खत्री , राजु हरिजन , अफताब अालम अन्सारी (मुन्ना ) र उपाध्यक्षमा रिंगला यादव लगाएतकाे उम्मेदवार आकांक्षी देखिएका छन्।

त्यस्तै जसपाबाट धरेन्द्र यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवारी गर्ने पार्टी निकट स्रोतले जानकारी दिइएको छ।

त्यसैगरी लाेसपाबाट मुकुर गिरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।

त्यस्तै जनमत पार्टीबाट जमिर धुनिया पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।

त्यस्तै राप्रपाबाट अैनुल अलि गाउँपालिका अध्यक्षकाे उम्मेदवार रहने संभावना देखिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट र जनता प्रगतिशील पार्टीबाट गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको अाैपचारिक घाेषणा भने गरेका छैनन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित