राष्ट्रिय दैनिक / नवलपरासी , ६ फाल्गुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा क्षयरोग कार्यक्रमकाे अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।
सुस्ता गाउँपालिका स्वास्थ्य शाखाकाे अायाेजजामा आव २०७८/०७९ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रमहरुको समिक्षा भएको स्वास्थ्यशाखाले बताएको छ ।

नेपालले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य लिए पनि समुदायमा क्षयरोगका बिरामिहरु धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले बताउनुभएको छ।
समाजमा क्षयरोग र क्षयरोगका बिरामिहरु प्रतिको बिध्यमान धारणाले गर्दा धेरै नागरिकहरु अहिले पनि रोग लुकाएर बसेको र आगामि दिनहरुका सरोकार वाला सवैले लुकेर रहेका बिरामिहरुलाई खोज्ने र तिनिहरुलाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रमहरु सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने प्रशासकीय अधिकृत पाैडेलले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

