Rashtriya Dainik

एमसीसी खारेजीको माग गर्दै पश्चिम नवलपरासी सहित देशैभर बिरोध प्रर्दशन

नवलपरासी – एमसीसी खारेजीको माग गर्दै पश्चिम नवलपरासी सहित देशैभर बिरोध प्रर्दशन भएको छ । सोही क्रममा जिल्लाको बर्दघाटमा एमसीसीको खारेजीको माग गर्दै जुलुस तथा कोणसभा गरिएको छ ।

जिल्लामा पाँच कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको ¥याली बसपार्क हुदै त्रिवेणीचोक नगरपालिका लाइन हुदै हाटबजारका कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी छविलाल खरालले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्रघाती एमसीसी खारेजीको अभियानमा सबै देशभक्त लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर देश जोगाउन अगाडि बढनुपर्ने बताउनुभयो ।
विप्लव नेकपामा बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीले अमेरिकी साम्राज्यावादलाई लखेट्न जस्तो सुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा , राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा रक्तिम अभियानका अध्यक्ष रेम रानालागयतले सम्बोधन गर्दै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग रहेकोले खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सन्देश सापकोटाको संचालनमा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित