देशबन्धु यादव / नवलपरासी ६ फागुन
पश्चिम नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका वडा न. ११ रानीपाकड स्थित भैरहवा-भुमही सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु १९ प १८७१ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने पशुपती चौधरीको छोरा वर्ष ६ को निमराज चौधरीलाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट शरिरको बिभिन्न भागमा चोट लागी रामनगर सामुदायिक अस्पताल भुमहीमा सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही लगेकोमा उपचारको क्रममा मुत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक रामग्राम वडा नं. १० नदवा बस्ने वर्ष २७ को नरेन्द्र चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

