Rashtriya Dainik

केदारस्यु गाउँपालीकाको दशौँ गाउँसभा तथा हिउँदे अधिवेसन सम्पन्न ।

उत्तम कसमार थापा / बझाङ्ग्
केदारस्यु गाउँपालीकाको दशौँ गाउँसभा तथा हिउँदे अधिवेसन सम्पन्न भएको छ ।
आज जिल्लाको कुदारस्यू गाउँपालीकाको सभाहलमा एक कार्यक्रमका विच हिउँदे अधिवेसन भएको हो ।
फागुन ६ गते गाउँपालीकाको आयोजनामा भएको गाउँसभा कार्यक्रममा गाउँपालीकाले हाल सम्म गरेका विकासका काम बारे चर्चा गरिएको थियो । आज गरिएको कार्यक्रममा केदारस्यू गाउँपालीकाका वडा नम्वर १ देखी ९ सम्मका जनप्रतिनिधिहरु नेतागण सुरक्षाकर्मी पत्रकार समाजसेवी लगाएतको उपस्थीति रहेको थियो ।
केदारस्यू गाउँपालीकाको गाउँसभामा गाउँपालीका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सुरुभएको कार्यक्रमको उद्धघाटन अध्यक्ष भण्डारीले गनुभएको कार्यक्रमा गाउँपालीका उपाअध्यक्ष निशा धामीले दिपप्रजलन गर्नुभएको हो । सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा सबै वडाका अध्यक्षहरुले आ आप्ःनो मनोभावना र अहिले सम्म गरेका बिकास निर्माण बिषयको मन्तव्य राख्नु भएको थियो । अधिवेसनमा उपाअध्यक्ष धामीले स्वागत मनतव्या राख्नु भएको थियो ।

देश सँघिय सँग्रचनामा गएको भन्दै, आफु स्थानीय तहको जनप्रतिनिधि भएको करिव ५ बर्षको अवधिलाई राम्रो सँग अनुभव गर्ने अवसर दिएको जनप्र्तिनिधिहरुको भनाईरहेको छ । गाउँसभामा बोल्दै वडा नम्वर ८ का अध्यक्ष गणेश बोहराले भने सबै स्थानीय स्थरमा हामीले प्रत्यक वडा वडाहरुमा घरघरको छानो फेरीएको र हामीले ५ बर्षमा निकै परिर्वतन गरेको उहााको भनाई रहेको छ । सँगै उहाँले भने, हामी जनप्रतिनिधिहरुको समिक्षा हुन जरुरी रहेको भन्दै विभिन्न मिडीयामा चर्चा हुन आवश्यक रहेको बोहराको भनाई रहेको थियो ।

यसै विच ७ का वडा अध्यक्ष्य प्रेम धामीले भन्नु भयो,देश विकासका लागी तपाई हाम्रो विकासको अवधारण आएको भन्दै पहिलो बर्ष सिक्ने अवस्था रहेको हुदा हामीले गरेको विकासलाई जनताले देखेको भन्दै देशलाई सँर्घषलाई अगाल्दै अगाडी बढेको धामीको भनाई रहेको थियो । उहाँले दावी गर्नु भयो हामीले पहिलो जनप्रतिनिधि रहेको हुदा सिकाईको अवसरलाई बुझदै आगामी दिनम हामँेलाई हैन राम्रोलाई विजयी गराउँन अनुरोध गर्नु भएको हो । सभालाई रमाई सहित जनचेतनामुलक कार्यक्रम कलाकार कटक नेपालीले गित मार्फत आप्ःनो भावना राख्नु भएको थियो । केदारस्यु गाउँपालीकाको १० औँ गाउँसभामा बोल्दै गाउँपालीका वडा नम्वर १ का अध्यक्ष तथा गाउँपालीका प्रवक्ता लोकेश बहादुर भण्डारीले भन्नु भयो, हामी हाम्रो ५ बर्षको अन्तीम गाउँसभामा छौ, हामीले गरेका कामको हामीले समिक्षा गर्नू अहिलेको आवश्यकता रहेको छ । देशको मुहार फेरीएको छ । हामी गाउँघरमा जनसमुदायको माझमा आएपछि जनचासो धेरै आएता पनि समाधान पनि गरेको र आगामी निर्वाचन नजिकै रहेको भन्दै हाम्रो कामको समिक्षा जनताले बुझेर गर्ने उहााको भनाई रहेको थियो । उहाले दावी गरे म वडा अध्यक्ष भएको समय देखी आज सम्म विकासलाई तिव्रता रहेको भण्डारीको भनाई रहेको छ ।
परिर्वतित समाजवमा उपाअध्यक्ष निशा धामीले भन्नु भयो, आफुले जति गर्न चाहेको थिए त्यती गर्न नसकेको र हाम्रो समाज फरक रहेको छ नेतृत्व गर्ने निकायमा रहेका जनप्रतिनिधिहरुले विकास र समाज रुपान्तरण लाई बुभभन नसकेको हो जस्तो भान भएको भन्दै,उहाले फेरी भननु भयो,महिलाका समस्या अनत्य गरेकी छौ । म उपाअध्यक्ष भएपछि समाजमा बोल्न नसक्ने महिला दिदिबैनीहरुलाई साक्षर बनाएका छौ । केदारस्युको बिकासमा मैले समाजमा खेलेको भुमीका जनता सामु प्रस्ट रहेको भन्दै आफुले गर्न सक्ने सबै विकासलाई अगाडी बढाएको धामीको भनाई रहेको थियो ।

आजको कार्यक्रमको अध्यक्षता गरिरहनु भएका भण्डारीले भननु भयो हाम्रो समाजरुपान्तरणलाई अगाल्दै अगाडी बढेका छौ । म धेरै गाउामा गएको छु याहाँको सिवकासलाई निरन्तरता दिन आउँने जनप्रतिनिधिले तिव्रता दिने धारण व्याक्तm गर्नु भएको थियो । अध्यक्ष ईन्द्र भण्डारीले भन्नु भयो जनता खुसी रहेको भन्दै सबै बचाहरु पुरा गरेको भण्डारीको भनाई रहेको छ । आजको गाउँसभाको कार्यक्रम सञ्चालन भने,केदारस्यु गाउँपालीकाका स ईन्जिनियर उत्तम भण्डारीले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित