पुरन अधिकारी ,पश्चिम नवलपरासी
मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुदैन ,भागेर जाउ कुन ठाउँ जाउ , मान्छे नमर्ने शहर हुदैन ।।
कुनै एक गितका यी शब्दहरु साच्चिकैनै यथार्थ छन् । कुनै अपबाद बाहेक न कसैलाई मर्ने रहर नै हुन्छ न त मान्छे नमर्ने कुनै ठाउँ र शहर नै हुन्छ ।
अाफ्नो परिवारको राम्रो भविष्यका लागि रोजगारीका लागि कुवेत गएकी एक नेपाली चेलिको कुवेतमा निधन भएको छ।नेपालको माटोमा जन्मेकी चेलि अाफ्नै देश र माटोमा रम्ने अधुरो सपना बुनि अार्थिकस्तर उकास्न रोजगारीका लागि कुवेत गएकी थिइन तर कहिल्यै मातृभूमि नेपाल नफर्कने गरि कुवेतकै माटोमा बिलिन भईन । उनको परिवारले नत उनको शव नै देख्न पाए नत उनको अन्तेष्टिनै गर्न पाए।

सुनवल नगरपालिका वार्ड न. ४ मच्छरमारा घर भएकी बिष्णु देवि कँवर रोजगारीका लागि कुवेत गएको ४ वर्ष भइसकेको थियो यस बिचमा करिब २ वर्ष अघि उनी बिदामा नेपाल अाई अाफ्नै कमाइले घर समेत निर्माण गरि दुई सन्तान (छोराहरू ) को उज्जवल भविष्य र राम्रो शिक्षा दीक्षा र भविष्यमा परिवार सङ्गै नेपालमै सुखि जीवन जिउने अाशामा पुन: रोजगारीकै लागि कुवेत गइन।उनका श्रीमान पुरन नाथ कँवर भने नेपालमै ज्याला मजदुरी बाल बच्चा र वृद्ध अामाको रेख देखमै दिनहरु काट्दै थिए।
२०७८ माघ १८ गते पुरन नाथलाई कुवेत बाट अाफ्नै श्रीमतीको इमो एप्स बाट साहुनीले फोन गरि बिष्णुलाई सन्चो नभएको र उपचारका लागि अस्पताल लगिएको खबर अाउछ ।केही दिन अघि अाफु सङ्ग राम्रै कुराकानी गरेकी श्रीमती अचानक बिमारी भएको खबरले पुरन नाथलाई चिन्ता हुन्छ तर अस्पताल लगिएको भनेपछि सामान्य ज्वरो होला साहुनीले अस्पताल लगिसकेकी छ सन्चो भईहाल्छ भनी उनले यसलाई सामान्य रूपमानै लिगे । यसको दुई दिनपछि माघ २० गते पुन:सोही इमो बाट फोन अाउदा श्रीमतीलाई सन्चो भएछ फोन गरि भन्ने उनले सोचेका थिए तर उनको यो सोच गलत साबित भयो इमोबाट साहुनीले बिष्णुको मृत्युु भइसकेको बताए पछि पुरन नाथ लाई ठूलो ब्रजपात भयो ,उनी भक्कानिए ।यो फोन सङ्गै उनले श्रीमती र बाल बच्चा सङ्ग बुनेका भविष्यका सपनाहरू पनि एक – एक गरि चक्नाचुर भए ।

कुवेत लगायतका खाडी मुलुकहरुमा घरेलुु कामदारका लागि जान नेपाल सरकारले प्रतिबन्ध लगाएता पनि चरम बेरोजगारी र परिवारको लालन पालनकै लागि भारतको बाटो नेपाल सरकारबाट श्रम स्वृकिर्ति नलिई बिष्णु कुमारी कँवर घरेलुु कामदारका लागि कुवेत गएकी थिइन ।
श्रम स्वृकिर्ति र बिमा नगरी बिदेश गएकाले बिष्णु कुमारीको रोजगारीकै क्रममा बिदेशमा निधन भएता पनि नेपाल सरकार र बिमा कम्पनीबाट पाइने क्षतिपूर्तिको रकम यस परिवारले पाउन नसक्ने पिडा त छदैथियो तर त्यस भन्दा ठूलो पिडा बिष्णु कुमारीको शव समेत नेपाल ल्याउन मिल्दैन र सकिदैन ,उनको अन्तेष्टि कुवेतमै गर्नुपर्दछ भन्ने कुराले यस परिवारमा अझ ठूलो पिडा थपिदियो कारण थियो अस्पतालको रिपोर्टको अस्पतालले बिष्णु कुमारीको मृत्युु कोरोनाको कारणले भएको उल्लेख गरेपछि उनको शव नेपाल (घर) ल्याउन नसकिने कुवेत स्थित नेपाली राजदुतावासले परिवारलाई जानकारी समेत गराए पछि नाबालक दस र बाह्र वर्षका उनका छोराहरू उमेश र सरोज समेत अाफ्नी अामाको सम्झनामा टोलाईरहेका छन।

जेठा छोरा बाह्र वर्षिय सरोजले अामाको काज क्रिया गरेका छन् भने कान्छो उमेश पनि अामाको सम्झनामा व्याकुल छन , विधालय समेत जान जागर र इच्छा गरेका छैनन् र अामाकै सम्झनामा टोलाईरहेका छन।
मृतक बिष्णु कुमारीका श्रीमानलाई हिजोआज एउटै कुराले पिरोल्छ सरकारले प्रतिबन्ध गरेको घरेलुु कामदारमा भारतको बाटो केही धन कमाउने झिनो अाशामा श्रीमतीलाई बिदेश नपठाउनु पर्ने रैछ ।श्रीमतीको मृत्युको खबर पश्चयात शव नेपाल झिकाउन अाप्रवासी श्रोत केन्द्र परासी सहजिकरणका लागि अनुरोध गर्न पुग्दा त्यहा परामर्शकर्ता रमा अालेले दिनु भएको सल्लाह र सुझाव उनको कानमा गुन्जिरहन्छ “नेपाल सरकारले श्रम स्वृकिर्ति दिने काम र देशमा श्रम स्वृकिर्ति र बिमा गरि जाँदा मृतकको परिवारले श्रम र बिमा गरे बापत क्षतिपूर्ति रकम प्राप्त गर्न सक्छन् र बाल बच्चाले समेत छात्रवृत्ति प्राप्त गर्न सक्छन् ।” यी शब्दहरु पुरन नाथको कानमा हिजो अाज गुन्जिरहने शब्दहरु हुन । बगेको खोला फर्किदैन भनेझैं उनलाई थाहा छ कि अब चाहेर पनि नियतिलाई बदल्न सकिँदैन ।मेरो जस्तो भुल अरु नेपाली दाजुभाइले नगरुन र मैले भोगेको पिडा अरुले भोग्न नपरोस् जो कोहि बिदेश जान्छ बुझेर ,नेपाल सरकारले श्रम स्वृकिर्ति दिने काम र देशमा मात्र रोजगारीका लागि जाअोस् । परिवारको सदस्यको मृत्युको पिडा त छदैछ जुन कमाउने व्यक्ति नै नरहेपछि उसको अाशामा अाश्रीत परिवारको भविष्य पनि अन्धकार नै हुने हुदा यस्तो अवस्थामा क्षतिपूर्तिको रकमले पनि ठूलो प्रभाव पर्ने पुरन नाथको कथन छ।

उनि भक्कानिदै रुन्चे स्वरमा भन्छन ” बरु नजिकैको तुरिया खोलामा गिटि बालुवा चालेर रोजी रोटी खानु बेश ।श्रम स्वृकिर्ति र बिमा नगरि भारतको बाटो बिदेश जानु ठूलो भुल रहेछ नत धन छ नत उनी नै जिवित रहिन”। मैले ज्याला मजदुरी गरि बाल बच्चा र वृद्ध अामाको पालन पोषण त जेनतेन गरुला तर उचित शिक्षा दीक्षा दिन सक्छु कि सक्दिन ।बाल बच्चाको अध्यनका लागि मात्र सहयोग भएता पनि मलाई ठूलो राहत मिल्ने थियो म सङ्गको कुराकानीमा बारम्बारको जिज्ञासा थियोे पुरन नाथको । साच्चिकै सम्बन्धित निकायले यसमा पहल कदमि गरि दिए पुरन नाथलाई यस्तो असहज परिस्थितिबाट अगाडि बढ्न ठूलो मद्दत मिल्थ्यो कि ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

