Rashtriya Dainik

रास्टिय युवा संघ सियारीको अध्यक्षमा अर्जुन रिजाल

तुलसीराम पौडेल / सियारी, फाल्गुन ६
रास्टिय युवा संघ नेपाल सियारी गाउपालिकाको सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा अर्जुन रिजाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यसै गरि उपाध्यक्षमा गोपाल न्यौपाने ,सचिवमा लक्ष्मी विक ,कोषाध्यक्षमा कृष्ण मोहन यादव ,सह सचीवमा चन्दकेश यादव ,शम्भु भट्टराई र निकास पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि सदस्यहरुमा निशा ठाकुर ,राजु भर,माया थारु,दिनेश कार्की ,थानेश्वर भुसाल ,विजय कुमार केवट,इन्दु रिजाल ,टीका पौडेल ,रमेश चौधरी ,विकास गौतम ,प्यासु दिन अन्सारी ,नइन अन्सारी ,प्रेमकिशोर यादव ,पुर्णिमा खरेल ,शिल्पा कुमारी साहनी ,सम्साद अलि अन्सारी,खडक कुवर ,अजय भट्टराई ,रेणु थापा मगर ,रिमा पुन ,राकेश कुर्मी ,अब्दुल हाकिम ,चन्द केस यादव ,प्रमोद यादव ,कृष्ण कुमार दुबे ,नुर जहाँ खातुन ,मान्ती कुर्मी ,उदयराज यादव ,विनोद कुमार यादव ,विशाल कुवर ,सनी पोख्रेल ,राजन बन्जाडे,सन्दिप पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशन नेकपा एमाले पोलिटब्युरो सदस्य रास्टिय युवा संघ नेपालका इन्चार्ज एवं पुर्व मन्त्री महेश बस्नेतले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको थियोे ।
सो अवसरमा उहाले युवाहरूलाई स्वार्थ अनुरुप प्रयोग नगरी युवाहरूलाई पार्टिले अनुभव र क्षमताको आधारमा आवश्यक जिम्मेवारी दिइने बताउनु भयो।
पाचदलको गठबन्धनद्वारा एमाले विरुद्ध एमसीसीको एम्बुस बिछ्याइएको बताउनु भयो। एमाले विरुद्धको त्यो एम्बुस गठबन्धन विरुद्ध नै पडकने उहाको भनाइ थियोे ।
उहाले एमसीसीमा एमालेले भोट हाल्दिनुपर्ने अनि उनिहरु एमालेविरुद्ध लाग्ने षड्यन्त्र सफल हुन एमालेले नदिने बताउनु भयो । एमाले विरुद्ध जस्तो सुकै अप्ठ्यारा परिस्थिति सृजना गरेपनी एमालेले चिर्दै जाने बताउनु भयो। कार्यक्रममा रास्टिय युवा संघ केन्द्रीय कार्यालय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरी ,रास्टिय युवा संघ जिल्ला कमिटी संयोजक मनोज गौचन ,रास्टिय युवा संघ केन्द्रिय सदस्य किरण नेपाल ,सियारी गाउपालिका अध्यक्ष एवं पार्टीका पुर्व जिल्ला कमिटी सचिवालय सदस्य अयोध्या प्रसाद थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । खेमराज गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रकाश रेग्मीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित