Rashtriya Dainik

निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो

६ फागुन, काठमाडौं । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनमा मुख्य निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन आयोगकाअनुसार जिल्ला न्यायाधीश, अन्य सेवाका राजपत्रांकित अधिकृत र नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृत निर्वाचन अधिकृत बन्नेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढेको बताए ।

उनले भने, ‘जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय परिषद्सँग परामर्श गरी तथा अन्य सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्तिका लागि न्याय सेवा आयोगसँग परामर्श गरी फागुन १५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा अनुरोध गरिएको छ ।’

आयोगले कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतको नामावली पनि फागुन १५ सम्ममा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ ।

त्यसैगरी मतपत्र छपाईका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रवक्ता पौडेलले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित