Rashtriya Dainik

नेपाली काङ्ग्रेस रामग्राम-९ द्वारा बधाई तथा शुभकामना कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,६ फाल्गुन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ मा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति रामग्राम-९ द्वारा आयोजित नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय देवेन्द्रराज कँडेललाई स्वागत एवं सम्मान तथा नवनिर्वाचित वडा कार्यसमितिहरुलाई प्रमाण पत्र वितरण एवं बधाई तथा शुभकामना कार्यक्रम गरिएको हाे।

रामग्राम-९ वडा सभापति जयदेव पाठककाे अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको प्रमाण पत्र वितरण एवं बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै महाधिवेशन प्रतिनिधि शर्माले नेपाली काङ्ग्रेसका सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको थियो । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै काङ्ग्रेसको अधिवेशनमा वडामा निर्वाचित कार्यसमितिलाई शुभकामना ब्यक्त गर्नुभएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर २ काे संघिय सभापति माधवप्रसाद पाण्डेय,नेपाली कांग्रेस क्षेत्र नम्बर २ ख का क्षेत्रिय सभापति रामकृपाल गिरी ,नेपाली कांग्रेस रामग्राम नगर सभापति श्रीधर बस्याल ,नेपाली कांग्रेस महासमिति सदस्य राधेश्याम पाठक ,नेपाली कांग्रेस महासमिति सदस्य सुनिता श्रेष्ठ , रामग्राम नगरपालिकाकाे उपमेयर रम्भा कुँवर,कांग्रेसका यूवा नेता नगेन्द्र अग्रहरी , पाल्ही नन्दन गाउँपालिका उपाध्यक्ष पवित्रा कोहार लगाएतकाे वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित