वीरगंज ५ फाल्गुन
सशस्त्र प्रहरी बल हेडक्वाटर काठमाडौका प्रमुख आईजिपी शैलेन्द्र खनालको निर्देशन विपरीत बारामा स्कावड टोलीको नाऊमा घुमुवा परिचालन गरेको छ।
सशस्त्र प्रहरीको हेडक्वाटरले घुमुवा परिचालन नगरने अादेश दिएपछि सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले एस्कवाड टोलीको नाऊमा घुमुवा परिचालन गरि तस्करहरु संग नजराना बुझि बारा जिल्लावाट अहिले व्यापक रुपमा तस्करी गराउदै आएका छन्।
एस्कावड टोलीको बहाना डिआईजी गणेश ठाडा मगरले सशस्त्र प्रहरीका द्वयप्रहरी अशोक साह र सागर झालाई बारा जिल्लका मटिअार्वा ,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी , पथलवाघाट ,सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,छतवा लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी गराउनको लागि छुट दिएका छन्।
एस्कावड टोलीको नाऊमा परिचालन रहेका घुमुवा साह र झाहरुले सेटिङ्गमा गोलागंज नाकावाट तस्करी कपडाको तस्करी गर्ने भोला संदीप शयामसुन्दर , उमेश, हाडयेवर व्यापारी उपेन्द्र , मास्टर , पिपरपाती नाकावाट कपडाको काम गर्ने मिश्रीलाल , बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबु र मटिअार्वावाट रामअयोध्या , प्रेम किराना , मनाङ्ग कपडा व्यापारी छतवा नाकावाट कपडा , जुत्ता चप्पल व्यापारी भोला लगाएतका तस्करहरुवाट ५० देखि ८० लाखौं रुपैया डिआईजीको नाऊमा रकम असुली गरेको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख मगरले परिचालन गरेका घुमुवाद्वय अशोक साह र सागर झाले उनको नाऊमा तस्करहरु र जुवाको खालवाट मोटो रकम ऊठाएको प्रमाण सहित समाचार विभिन्न स्थानीय पत्र पत्रिका देखि राष्ट्रिय पत्रपत्रिका , अनालाईनमा समाचार आएपछि त्यो द्वयघुमुवाहरुलाई देखाउतीको लागि छिन्नामस्ति बाहिनीमा बोलाएका थिए।
डिअाईजी मगरले द्वयघुमुवाहरुलाई बाहिनी बोलाई मोटो रकमको नजराना बुझि फेरी बारा जिल्लामा सदा पोशाक परिचालन गरि यी नाऊ भाएका तस्करहरु संग मोटो रकम असुली गरि तस्करीको लाईन खुल्म खुल्ला रुपले गराउदै हिडेका छन्।
त्यसै गरि यीद्वय घुमुवाहरुले बारा जिल्लाका तस्करहरु संग डर त्रास देखाई मोटो रकम असुली गरि तस्करहर संग हामिहरु माथि डिआईजी साहेबको अार्शिबाद रहेको हुनाले हाम्रो समचार राष्ट्रय पत्रपत्रिका देखि अन्तराष्टिय पत्रपत्रिकामा अाएपने आफुहरुले केहि नहुने भन्न हिडेका छन्।
सशस्त्र प्रहरीका हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करी गराएपनि केही कार्यबाही नहुने कारण के यस्ता भ्रष्ट अधिकारी मार्फत सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

