रंजित चौरसिया,वीरगंज, ५ फागुन । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी संगठनका एक कर्मचारीले चोरी तस्करीको रकम उठाउनुको साथ साथै मदिराभठ्ठिबाट समेत रकम उठाएको हेर्दा वा सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सकिन्छ । तर यो कार्य पर्सा जिल्लाको प्रहरी चौकी ड्राइपोर्ट क्षेत्रमा सजिलै हेर्न सकिन्छ ।
नेपाल र भारतको सीमा नाकाबाट अबैध रूपमा हुने कारोबारको साथ साथै ड्राइपोर्ट क्षेत्रहरूमा स्थापित रहेका मदिरा भठ्ठिबाट समेत प्रहरीले खुल्याम रकम उठाएको हेर्दा स्थानीय नै संगठन माथी नै औला उठाउन थालेका छन । शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन सफल भएका नेपाल प्रहरी संगठनमा केही घुस्याहा प्रविर्तीका कर्मचारीले गर्दा बेला कुबेला यस्ता घटनाहरू बाहिरिन थालिएको हो ।
नेपाल र भारतको मुख्य प्रवेशद्वारको साथ साथै नेपालकै आर्थिक राजधानीको रूपमा मानिने बिरगंज क्षेत्रमा स-साना तस्करी बारे पटक पटक समाचार आइरहेपनी प्रहरीकै साटघाटमा आइसिपी हुँदै व्यापक रूपमा प्रती दिन करोडौ बराबरको राजस्व छली हुँदै आएको बारे धेरैले अनभिज्ञ छन । प्रहरी चौकी ड्राइपोर्टको प्रमुखको रूपमा प्रहरी नायब निरीक्षक अजय यादव आउनसाथ सेटिङ्गको काम पुन: सुचारू भएको एक कर्मचारीले नै बताउछन ।
यतिसम्म कहाँ हो र ? ड्राइपोर्ट क्षेत्रमा रहेका मदिरा पसलबाट समेत ३ हजार देखि ५ हजारसम्म रकम उठाउने गरेको एक पसल संचालक नै बताउछन । उनका अनुसार प्रहरी चौकी ड्राइपोर्टको रूपमा यादव आउनसाथ मदिरा पसल संचालकलाई विभिन्न बहानामा दुख दिने गरेको र मासिक रूपमा नजराना बुझाए पश्चात् निस्फिक्र हुने गरेको बताए । मासिक बुझाए पश्चात् राती अबेरसम्म पसल सन्चालन गरेपनी स्थानीय प्रहरी चौकीले उल्टै संरक्षण समेत गर्ने गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले पर्सा जिल्लाको सबै युनिट कमान्डरलाइ निगरानी बढाउन निर्देशन दिएपनी आफ्नै माथिल्लो निकायको आदेशलाइ धज्जी उडाउदै प्रहरी नायब निरीक्षक अजय यादवले उक्त क्षेत्रलाइ कमाइ खाने थल्लो बनाएका छन । नेपाल प्रहरी संगठनको नीति निर्देशनलाइ नै धज्जी उडाउदै कार्य गरिरहेका प्रहरी नायब निरीक्षक यादव माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

