दोरेन्द्र खड्का बझाङ
जयपृथ्वी नगरपालिकाको नवौ अधिवेशन सम्पन्न भएको छ । आज जयपृथ्वी नगरपालिकाको सभाहलमा अधिवेशन संञ्चालन गरिएको थियो । जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काको अध्यक्षतामा नावौ हिउदे अधिवेशन संञ्चलान गरिएको थियो ।
जयपृथ्वी नगरपालिकाको नवौ नगरसभामा बोल्दै जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र बहादुर खड्काले स्थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्थानिय सरकारलाई मजबुद बनाउनका लागी प्रदेश र संघ सरकारले पनि आर्थिक रुपमा बलियो बनाउनु पर्ने र अहिले बजेट अभावका कारण योजना बनाउन पनि नगरपालिकालाई गाह्रो हुने गरेकाले सोचेको नगरपालिका बनाउन मानविय सोचका साथै लैङ्गीक, जातिय विभेद, बालविवाह लगाएतका कुरालाई पनि ध्यान दिइ अगाडी बढ्नु पर्ने र त्यो अनुसार जनप्रर्तिनिधि कर्मचारीको दक्षता र योग्यता अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको हो ।
जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले प्रस्तुत गरेको प्रगति प्रर्तिवेदन र लेखा अधिकृत लाल बहादुर खातीले प्रस्तुत गरेको वितिय प्रतिवेदन माथि जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालीकाले कार्यविधि संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । जयपृथ्वी नगरपालिकाले यस माघ मसान्त सम्म चालु तर्फ २१ प्रर्तिशत र पुँजी तर्फ ६ प्रर्तिशत रकम खर्च भएको बताएको छ । नवौ अधिवेशनले नगरपालिकाका योजना तथा गतिविधिहरु छिटोछरितो अगाडी बढाउनुपर्नेमा सुझाव समेत दिएका थिए । जयपृथ्वी नगरपालिकाले आर्थिक बर्ष २०७८, ०७९ सम्मको माघ मसान्त भित्र गरेको प्रगति तथा वितिय प्रतिवेदन माथि समेत छलफल तथा समिक्षा गरिएको छ ।
उक्त कार्यक्रममा सुझाव राख्दै जयपृथ्वी नगरपालिका वडानम्बर ६ का वडाअध्यक्ष नरेन्द्र बहादुर सिंह, नगरपालिका प्रवक्ता सविता खड्का, सदस्य मोतिलाल उपाध्यायले नगरपालिकाले गरेका कामहरु दस्तावेजीकरण गर्नुपर्ने र ५ बर्षमा गरेका काम र गर्न नसकेका कामका बारेमा जनता समक्ष समेत पुर्याउनु पर्ने बताउनुभयो । जयपृथ्वी नगरपालिकामा लामो समय सम्म प्रमुख प्रशासकिय अधिकृत नहुँदा कोभिड र विपदका कारण काम प्रभावित भएको र जनप्रतिनिधिहरु विच समन्वय सहकार्य नगरेको समेत पार्षदहरुले गुनासो गर्नुभएको थियो । जयपृथ्वी नगरपालिकाले २०७८,०७९ मा चालु र पुजीँगत गरी विभिन्न शिर्षकमा ६२ करोड ७८ लाख ७६ हजार ५ सय ३४ रुपैयाँ विनियोजन गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

