Rashtriya Dainik

प्रतापपुरमा जनप्रतिनिधि र कर्मचारीद्वारा प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत

संजय कुशवाहा / नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीद्वारा स्वागत कार्यक्रम गरिएको छ।

जनप्रतिनिधि र कर्मचारीद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेलाई स्वागत गरिएको हाे ।

प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरीले घिमिरेलाई टिका तथा खादा लगाई कार्यकारी अधिकृतलाई स्वागत गरेकी थिइन । त्यसै गरी उपस्थित सबै कर्मचारीले फूल र खादाबाट नवआगन्तुक कार्यकारी अधिकृत घिमिरेलाई स्वागत सम्मान गरेका थिए । 

स्वागत गर्दै कार्यवाहक अध्यक्ष चाैधरीले सबै मिलेर प्रतापपुरको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको बताउनुभएको थियो ।

त्यस्तै कार्यकारी अधिकृत घिमिरेले कर्मचारी र स्थानीयको सहयोग र समन्वयमा प्रतापपुर गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित