Rashtriya Dainik

नुहाउँने क्रममा बाहुलीगाडमा एक बालकको मृत्यु

उत्तम कुमार थाप

सदरमुकाम चैनपुको बाहुली गाडमा नुहाउने क्रममा एक जनाको मुतयु भएको छ ।

जिल्लाको सदरमुकाम चैनपुरमा रहेको बाहुली खोलामा पौडीखेलीरहेका साईपाल गाउँपालीका वडा नम्वर २ धलौन घर भएको कलक बोहराको ढुवेर मृत्यु भएको हो ।
आज करिव १२ बजेको समयमा साईपाल गाउँपालीका धलौनका कक्षा १० मा अध्यानरथ कलक बोहरा नुहाउँनको लागी खोलामा गएको र उहाँ नुहाउँदै खोलाको विचविचमा गएपछि उहाँको मृत्यु भएको हो ।

बाहुली खोलामा उहाँ डुवेको थाहाँ पाएपछि नजिकै रहेका स्थानीयले उद्धार गरेको पत्रकार दिनेश बोहराले बताए । उहाँले भने हामीले उद्धार गरेर जिल्ला अस्पताल सम्म लिएका हौ । जिल्ला अस्पताल सिमखेतमा लिएपछि डाक्टर मिलन खड्का लगाएल स्वास्थ्यकर्मीहरुले उहाँलाई बचाउँन राम्रै प्रयास गरेपनि अस्पताल लिने समय सम्म उहाँको मृत्यु भईसकेको डाक्टर मिलन खड्काले बताए । डाकटर खड्काले भने हामीले कतै उहाँ जिवितै छन की भनेर निकै प्रयास गरेका थियौ । अस्पताल ल्याउँने समय अलि ढिलाभई सकेको रहेछ हामीले बचाउँन सकेनौ हामी सबै स्वास्थ्यकर्मी लागी परेका थियौ ।

साईपाल गाउँपालीका वडा नम्वर २ घर भएका बालक बोहरा टिउसन कलास लिन सदरमुकाम चैनपुरमा आउँनु भएको थियो । बाहुली खोलामा नुहाउँने क्रममा उहाँको डुवेर मृत्यु भएको हो । उहााका बुवाको नाम जोवन बोहरा र आमाको नाम रुदु देवी बोहरा रहेको स्रोतको भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित