महेश सिंह सिरहा लहान ५ फाल्गुन -सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर संगठन नेपालका प्रथम भेला सम्पन्न भएको छ। संगठनका लहान नगर अध्यक्ष रामकिशुन महतो सुडीको अध्यक्षतामा बसेको बैठकमा मजदुरहरुको नेता राम कुमार कार्की प्रमुख अतिथि रहनु भएको थियो।
प्रमुख अतिथि नेता कार्कीको अनुसार श्रम ऐन २४९ दर्ता खारेज हुनुपर्छ,श्रम आयोग गठन हुनुपर्छ,श्रम निरक्षण प्रणाली कार्यान्वयन गर्नु पर्ने,श्रमिकहरुको पंजिकृत हुनुपर्छ,श्रमिकहरुको लागी छुट्टै अस्पतालको ब्यवस्था हुनुपर्ने सिटी अटाे चालकहरुको माग रहेको छ।

उक्त कार्यक्रममा सयौं सिटी चालकहरु मध्ये इन्द्र देब महतो,सोने लाल यादव, सन्तोष कुमार मंण्डल,ईन्द्र कुमार साह,अशोक प्रसाद कलवार,रामऔतार सहनी बेचु साह,भोला सदाय लगायतका मजदुरहरुको सहभागिता रहेको थियो। दोश्रो भेलाबाट जिल्ला अध्यक्ष चयन गर्ने आयोजक समितिका अध्यक्ष राम किशुन महतो सुडीले जानकारी दिनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

