Rashtriya Dainik

पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न वर्दघाटको कंचनगढीमा साढे चार करोड लगानी गरि पार्क निर्माण

नवलपरासी,४ फागुन
जिल्लाको वर्दघाट नगरपालिकाले कंचनगढी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि ठूलो लगानी गरि पुर्वाधार निर्माणमा लागेको छ । वर्दघाट नगरपालिका ५ स्थित कंचनगढी नगरपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि लगानी गरे पछि अहिले विभिन्न पुर्वाधारहरु निर्माणाधिन रहेको नगरपालिकाले जानकारी गराएको हो ।

पर्यटन पुर्वाधार र पर्यटकिय क्षेत्र विकासका लागि रु.४ करोड ५६ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई निर्माण कार्य भई रहेको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले जानकारी गराए । उनका अनुसार करिब ४ विघा क्षेत्रफलमा फैलिएको उतm स्थानमा कम्पाउण्डवाल सहित पिकनिक सेड, विभिन्न शिवलिगँ र १२ फिट अग्लो शिवको मुर्ति निर्माण गर्ने गरि कार्य भईरहेको छ ।

पार्क क्षेत्रलाई खोला कटानबाट जोगाउनका लागि नदी नियन्त्रणका कार्य समेत भई रहेको छ,उनले भने,पार्क नजिकै सवारी पार्किगँका स्थान निर्माण गरि पुर्वाधारका कार्य भई रहेको छ । यसले वर्दघाट नगरक्षेत्रमा एक थप पर्यटकिय स्थल बन्नेमा नगरपालिका विश्वास लिएको छ । पालडाडा सुखवानी नजिकै रहेको उतm पार्कमा हुने कार्यले स्थानियबासी समेत उत्साही भएको नगरप्रमुख धिरज बस्यालले जानकारी गराएका थिए । सो क्षेत्रमा निर्माण कार्य प्राकृतिक थापा जेभिले निर्माण गर्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित