उमेश दुबे
बारा, ४ फागुन / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्ला भित्र रहेका सबै प्रहरी चौकिका प्रमुख लगायत कर्मचारीहरूलाइ शान्ती सुरक्षाको साथ साथै सीमा नाकामा समेत निगरानी बढाउन निर्देशन दिनु भएको छ । उहाले यस अनलाइनका सम्वाददाता सङ्ग कुरा गर्दै आफ्नो संगठनको नीति निर्देशन अनुसार हिडने आफ्नो मातहात रहेका प्रहरीलाई निर्देशन दिइएको बताउनु भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण सङ्ग समन्वय गर्दै शान्ती सुरक्षाको साथ साथै सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिनुभयो । उहाले बारा जिल्लाको मुख्य नाकाको रूपमा चिनिने मटिअर्वा लगायत सबै नाकामा निगरानी बढाउन निर्देशन दिइएको बताउनु भयो ।
नेपाल सरकारले निर्वाचनको मिति तय गर्नसाथ सीमा लगायत जिल्लाको भित्री भेगमा समेत निगरानी बढाइएको प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जानकारी दिनुभयो । जिल्लामा कुनै किसिमको अपराधी क्रियाकलाप हुन नदिन वाचा गर्दै अगामी हुने निर्वाचनको सुरक्षा नीति अनुरूप निर्देशन दिइएको, उनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

