Rashtriya Dainik

चित्रकार बिके नरबहादुर सम्मानित

राष्ट्रिय दैनिक / नवलपरासी , ४ फागुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा चित्रकार बिके नरबहादुर सम्मानित हुनुभएको छ।

बर्दघाट नगरपालिका वडा नम्बर १२ को दबिल्लामा रहेको बुद्धमंगल तालबीचमा निर्माण गरीएको बुद्ध मूर्तिको आज एक कार्यक्रमका बिच अनावरण गर्नुका साथै सो क्षेत्रलाई प्राचीन हलिदावसन नगर घोषणा समेत गरीएको छ ।

साे अवसरमा दबिल्लामा रहेको बुद्धमंगल तालबीचमा निर्माण गरीएको बुद्ध मूर्ति निर्माण गर्ने चित्रकार बिके नरबहादुरले पुर्याएकाे याेगदानलाई उच्च मुल्यांकन गर्दै साे कार्यक्रममा सम्मानित हुनुभएको हाे।

लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी तथा बर्दघाट नगरप्रमुख धिरज बस्यालले सम्मान पत्र र मायाको चिनाे सहित खादा लगाई चित्रकार बिकेकाे कामकाे प्रशंसा गर्दै सम्मान गर्नुभएको हो। 

बुद्ध मुर्ति उदघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बुद्धमंगल तालक्षेत्र पर्यटकिय एवं पुरातात्विक हिसाबले निक्कै महत्वपूर्ण रहेको बताउनु भएको थियो । तालक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकार र बर्दघाट नगरपालिकाले सक्दो पहल गरेको बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवी पौडेल,बडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,चित्रकार मन गोल्डी ,भिक्षु त्रिलोक स्तबिर,मुर्ति निर्माणकर्ता बरिष्ठ कलाकार बिके नरबहादुर लगाएको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बुद्ध स्थल क्षेत्रको खोजी गरीरहेका पत्रकार बेचु गौडले तत्कालीन कोलिय गणराज्यको हलिदवसन शहरका वारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रमुख अतिथि दिपेन्द्र कुमार अधिकारीले बुद्धमंगल तालबीचमा निर्माण गरीएको बुद्ध मूर्तिको अनावरण गर्नुका साथै सो क्षेत्रलाई प्राचीन हलिदावसन नगर घोषणा गर्नु भएको थियो ।

वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित