Rashtriya Dainik

सरावल गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्ष पदकाे लागि चारजना प्रमुख दाबेदारहरु

राष्ट्रिय दैनिक / नवलपरासी , ४ फाल्गुन

स्थानीय तहको निर्वाचन घोषणा भए संगै स्थानीय तहका अध्यक्ष हुनका लागि आकांक्षीहरुको सक्रियता बढन सूरु भएको छ।

स्थानीय तहका उम्मेदवारका आकांक्षीहरुले बिभिन्न ढंगले सामाजिक सन्जाल मार्फत आफु पालिकाको नेतृत्व लिन चाहेको संकेत दिन थालेका छन्।

कतिपय आकांंक्षीहरुले आफैले आगामी नेतृत्वका लागि तयार भएको संकेत सहित सामाजिक सञ्जालमा लेख्न थालेका छन भने कतिपयले आफु निकटस्थहरु मार्फत चर्चा चलाउन थालेका छन्।

यस्तै चर्चा परिचर्चाकाे दाैडमा पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाकाे लागि नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष पदकाे लागि बढी नेतृत्वको आकांक्षा देखिएको छ।

अहिले काङ्ग्रेसबाट पालिका अध्यक्ष पदकाे लागि बहालवाला अध्यक्ष राधेश्याम चाैधरी पुनः अध्यक्षमा दोहोर्याउन चाहन्छन भने प्रदिप कुमार अग्रहरी , अनिल कुमार गाैड र उत्तमा राय पनि पालिका अध्यक्षकै आकांक्षी देखिएका छन्।

नेपाली काङ्ग्रेसबाट यी चारजना आकांक्षी भएपनि टिकट काे पाउछ भनेर कार्यकर्तामा अन्याैलता रहेको छ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित