उत्तमकुमार थापा बझाङ
नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व बझाङले एमसिसि बिरुद्ध नाराजुलुस निकालेको छ ।
बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीकाकाे झाेता बजारमा
नेकपा विप्लव बझाङले नारा बाजि सहित चर्को विराेध गरेको हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसि टेवलमा लिने भनेपछि विप्लव नेतृत्वले एक कार्यक्रमका विच विराेध गरेको थियाे ।
अमेरिकी सामराज्यबाद हावी हुँदै गएको भन्दै हाम्राे देशका दलालहरुले पास गर्न खाेजेकाे जनाउदै चर्को बिराेध गरेको विप्लव जिल्ला सेक्रेटरी वि पि विराट उपाध्ययले बताए । आज भएको कार्यक्रममा जिल्ला सेक्रेटरी विराट उपाध्यायकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार शंकर खड्का रहनु भएको थियाे ।
झाेता बजार परिक्रमा गर्दै काेण सभा गरिएको हाे । कार्यक्रम प्रमुख अतिथि रहनु भएका खड्काले भने देश खतरामा गएको भन्दै सबैलाई सचेत हुन अनुराेध गरिएको हाे । कार्यक्रमका अध्यक्ष उपाध्यायले भने याे टेलर हाे भन्दै एमसिसि पास गरे देशमा आन्दोलन हुने भन्दै देशको सबै जनता दलालहरु बाट सचेत रहन आग्रह गरिएको हाे । कार्यक्रममा पाँच सय बढी नेता कार्यक्रता उपस्थिति रहकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

