Rashtriya Dainik

‘वेल कम एमसीसी’ भन्दै प्रदर्शन

काठमाडौं : अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्। ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि सत्ता गठबन्धनकै भातृसंगठनले विरोध जनाउँदै आएका थिए।

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ।

#annapurna post

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित