Rashtriya Dainik

चर्चित बलिउड संगीतकार बप्पी लहरीको निधन

०४ फाल्गुन २०७८, काठमाडौं।
चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।
अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।
तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए त्यसपछि उनलाई पुनः अस्पताल ल्याइएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।
मध्यरातमा ओएसए (अब्सट्रक्टिक स्लिप एपिना) अर्थात सुताइमा समस्या आएपछि उनको निधन भएको भनिएको छ । बप्पी लहिरी अन्तिमपटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए ।
गत साता मूर्धन्य गायिका लता मंगेशकरको निधनमा शोक व्यक्त गर्दै लहिरीले सरस्वती माताको पुनर्जन्म भएको बताएका थिए । चल्ते चल्ते, डिस्को डान्सर र सरावी उनका चर्चित गीत हुन् । सन् २०२० मा रिलिज भएको टाइगर श्रफ र श्रद्धा कपुर स्टारर बागी ३ मा अन्तिम पटक उनले ‘भंखस’ गीत गाएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित