Rashtriya Dainik

पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जना बन्दकर्ता गिरफ्तार

नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल ; प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँहरुलाइ ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।
त्यस्तै एमसीसी बिरुद्धको आन्दोलनमा सार्वजनिक यातायात , शैक्षिक संस्था पसल लगायत बन्द छन् । लामो तथा छोटा दुरीका यहाँबाट छोड्ने गाडिहरु संचालनमा आउन सकेका छैनन् । सडकमा रहेका नीजि सवारी सधान र ट्रकहरु भने छिटफुट रुपमा संचालित छन् ।
बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर अवरोध पु¥याएका छन् । त्यस्तै बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड भएको छ । यु.पी ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित