Rashtriya Dainik

कपिलवस्तुकाे कृष्णनगरमा स्वास्थ्य समाग्री हस्तान्तरण

कृष्णनगर, फागुन ४

कपिलवस्तुकाे कृष्णनगर भन्सार नाकामा रहेकाे हेल्थडेस्कलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
ECHO/ IOM को सहयोगमा आएको औषधी कपिलवस्तु कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको हो ।

सेभ द चिल्ड्रेन र आसमान नेपालद्वारा संचालित कोभिड आइशोलेशन हेल्प डेक्ललाई सामाग्री हस्तान्तरण गरिएको हो ।

औषधि हस्तान्तरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डे र जिल्ला प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल र कृष्णनगर नगरपालिकाको रोहबरमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

ECHO/ IOM को सहयोगमा १२ प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित