३ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन ।
अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।
यसो गर्दा उम्मेदवारहरुले चुनावी प्रचारका लागि वैशाख २८ गतेसम्मको मात्र समय पाउनेछन् । चुनाव हुनुभन्दा ७२ घण्टादेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

