Rashtriya Dainik

पाँच कम्युनिष्ट पार्टी र मोर्चाको नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस

नवलपरासी – राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोधमा आन्दोलनरत कम्युनिष्ट पाँच दल र एक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५पाँच दल र एक मोर्चा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा पश्चिम नवलपरासी सहित देशैभर मसाल जुलुस गरिएको छ । बर्दघाटमा भएको मसाल जुलुसमा क्रान्तिकारी माओवादी विप्लव नेकपाका नेता कार्यकर्ताहरुले एमसीसी सम्झौता खारेज गर दलालहरु होसियार लगायतका नारावाजी गरेका थिए ।
शिवनगरबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा र विप्लव नेकपामा बिशेष जिल्ला सदस्य गंगाराम ज्ञवालीले संसदबाट एमसीसी पारित गरिए एमसीसीका दलाल र मतियारहरुलाई जनताले नांगेझार पार्ने बताउनुभयो । जुलुसमा नेकपा माक्र्सवादी पुष्पलाल र स्थानीय जनताहरुले समेत साथ दिएका थिए । पाँच दलीय मोर्चाले बन्द सफल बनाउन आब्हान समेत गरेका थिए ।
राष्ट्रघाती एमसीसी पास गर्नेहरुका बिरुद्ध लाग्न अपिल गर्दै मोर्चाले बन्द सफल बनाउन सबैसंग आग्रह गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित