Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालयको अर्धबार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

उत्तम कुमार थापा
जिल्ला प्रशासन कार्यालय बझाङ्गको अर्धबार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रशासन कार्यालयले मिति २०७८- ०७९ को अर्धबार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । जिल्लामा प्रशासनले दिएको सेवा सुविधा र जनता विचको आत्मीय सम्वन्धको विषयका बारेको छलफल सहित सेवा बारे सबै सरकारवाला लाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

फागुन २ गते प्रशासनको सभाहलमा सञ्चालीत कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु पत्रकार सँञ्चारकर्मी लगाएतको उपस्थीती रहेको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको बस्तुस्थीतीबारे जानकारी गराउँदै अहिले सम्मका गतिविधिबारे प्रस्तुत गरेको हो ।

कार्यक्रममा जिल्ला प्रशासनले गर्ने मुख्य कार्यप्रस्तुत गरिएको हो । ०७८र ०७९ हाल सम्म प्रशासनले नागरीकता वितरण नयाँ ४२६२ वितरण गरेको छ । जसमा वशँसजको आधारमा ४२६१ बैवाहिक अंगिकृत १ जना नागरिकता वितरण प्रतिलिपी १३९४ नाबालक परिचयपत्र ५४ जना यसैगरि राष्टीय परिचयपत्र ३६१८ लगाएत सबै विषयमा जानकारी गरिएको हो । यसै विच सडक दुर्घटना तर्फ सँख्या ३ मृत्यु सँख्या ६ घाईते सँख्या १९ रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने अहिले सम्म जिल्ला प्रशासन कार्यालयले चुस्तदुरुष्त काम गरेको भन्दै सबैलाई हातेमालो गरेर अगाडी बढन अनुरोध गरिएको हो । उहाँले भन्नु भयो, तपाई हामी सबै जिल्लाको बिकासको लागी अगाडी बढनु पने भन्दै हातेमालो गर्न सबैलाई अनुरोग गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित