Rashtriya Dainik

सिरहाको धनगढीमा बृहत कलस यात्रा : हिन्दू धर्मावलम्बीहरुको भिड

महेश सिंह सिरहा लहान फल्गुण ३ गते -सिरहाको धनगढीमाई नगरपालिका ५ स्थित मोथीयाहीमा प्रत्येक बर्ष फाल्गुन १ गते पुर्णिामाको दिन भब्य मेला लाग्ने गरीन्छ। प्राचीन कालदेखि उक्त स्थानमा राजदेवी सात सती दुदहा भवरी मन्दिर रहेको छ्। मानवमा हुने चमर रोग,पथरी निस्नतान,बाझोपन महिला पुरुषहरूले स्नान गरेरे मन्दिरमा पुजापाठ गरेपछि रोगहरु निको हुने धार्मिक जनबिश्वास रहेको मेला समितिको अध्यक्ष राम कुमार कामतीले बताए।

प्रत्येक बर्ष फाल्गुन १ गतेदेखि मेला सुरु हुने गरीन्छ। प्रार्भ भएको दिन गाउँका धार्मिक महिलाहरुले हजारौं संख्यामा ब्रतालु महिलाहरुले पोखरी र नदि जलासयमा स्नानगरी कलस यात्रामा सहभागी हुने गरीन्छ।

उक्त मन्दिरको परिसरमा निकै पुरानो पिपल र महुँवाको रुख रहेका छन्।मन्दिर नजिकै रहेको मुल पानीमा स्नान गरी पुजा अर्चा गर्दा रोगहरु निको हुने स्थानीयको बिश्वास रहेको छ। मन्दिर परिसरमा रहेको जङ्गलमा विभिन्न प्रकारको जडिबुटीहरुको बोट रहेका स्थानीय देबनारायण कामतीले बताउ छन।

मेला फाल्गुन १ गतेदेखि ४ गते सम्म्म संचालनमा रहने मन्दिरको मुल पुजारी अन्तीलाल चौधरी,जितन दास,सोभा साह, सरस्वती कामैत लगायतका पुजारीहरु रहेका छन्।मेलाको सम्पुर्ण खर्च नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा संबिधान सभा सदस्य राम चन्द्र यादवले मेलामा हेर्न आएका चिमेकी मुलुक भारती दर्थनार्थीहरुको लागी बस्ने खानेको ब्यवस्था गरेका हुन्।

पुर्व शिक्षा मन्त्री चित्र लेखा यादवको प्रमुख आतिथ्यमा कुमाई र कल्स यात्रीलाई खुट्टा पखालेर कार्यक्रमको उद्घाटन गरेका समाजसेबी राम उदगार यादवले जानकारी दिनु भयो। १ गते कलस यात्रा २ गते अस्टजाम र ३ गते नेपाल भारतका चर्चित पहलमानहरुद्वारा कुस्ती र ४ गते करिब ५ सय बलिप्रदान हुने समाजसेवी बद्री यादवले जानकारी दिनु भयो।

प्रमुख अतिथि पुर्ब शिक्षा मन्त्री चित्र लेखा यादवका अनुसार भक्तिमा सबैभन्दा शक्ति हुने भएकोले आफुले पनि उक्त धार्मिक स्थलमा भर्मन गर्न पाउँदा खुशी हुँदै मेला सफलताको सुभकामना दिनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित